केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, इंग्लिस प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै, बिहीबार राति भएको खेलमा चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले हराउँदै समग्रमा ३–१ को नतिजासहित फाइनलमा स्थान बनाएको हो भने चेल्सीले रियलको मैदानमा भएको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको थियो ।

यता चेल्सीको घरेलु मैदानमा भएको खेलमा खेलकोे २८औँ मिनेटमा टिमो वार्नरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

जितसँगै चेल्सी च्याम्पियन्स लिग इतिहासमा तेस्रोपटक फाइनलमा पुगेको छ । अब चेल्सीले फाइनल खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग मे २९ मा खेल्नेछ ।

 

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्