केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिकूल मौसमका कारण बाटोमै रोकिएका आरोहिलाई उद्धार गरीदै : धौलागिरी हिमाल

सहयात्रा टिभी

म्याग्दी । बैशाख २३, म्याग्दीको धौलागिरी हिमालको आरोहणमा लागेका स्वदेश तथा विदेशी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन्।

मौसम बुधबारदेखि अचानक खराब भएकोले सबै आरोही शिविरमा रोकिएपछि उद्धारका लागि आज बिहीबार हेलिकोप्टर परिचालन गरिएको छ। तर हेलिकोप्टर मौसम खराबीको कारण वेस क्याम्पसम्म पनि पुग्न सकेको छैन।

दुई साता अगाडि धौलागिरि बेसक्याम्पमा पुगेका आरोहीहरूमध्ये केही बिरामी भएपछि हेलिकोप्टर लिन गए पनि खराब मौसमका कारण धौलागिरि गाउँपालिका–४ खिवाङ आसपासका क्षेत्रमा अवतरण गरिएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। जल तथा मौसम पुर्वानुमान शाखाबाट समेत मौसमका बारेमा जानकारी लिएपछि आरोहीलाई उद्धारका लागि हेलिकप्टर पठाएका थिए।

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्