केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२२ सांसद सामूहिक राजीनामा दिने तयारीमा

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका २२ सांसद सामूहिक राजीनामा दिने तयारीमा रहेका छन् ।

राजीनामाका लागि हस्ताक्षर समेत तयारी अवस्थामा राखेको एमाले एक स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमालेको संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार नभए आज (आइतबार) साँझ वा भोलि सोमबार बिहानसम्म सामूहिक राजीनामा दिने तयारी नेपाल पक्षका सांसदले गरेका हुन्।

त्यस्तै प्रधानमन्त्री ओलीले विधि मिच्दै पार्टीमा एकलौटी तवरबाट अघि बढेको ठहर गरेको खनाल–नेपाल समूहले उनलाई सुध्रनका लागि भन्दै अन्तिम मौका दिएको बताईएको छ ।

शनिवार त्रिपुरेश्वरको एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने निर्णय पनि गरेको नेता झपट रावलले बताए ।

यता पार्टी एकता जोगाउन आज वरिष्ठ नेता नेपालसहितको शीर्ष नेतृत्व जुट्ने र त्यसमा सफल नभए सामूहिक राजीनामा दिएर ओलीको विश्वासको मत फेल गराउने रणनीति यो समूहको रहेको छ ।

शनिबार बसेको नेपाल पक्षका सांसदको बैठकले पार्टी एकताका लागि अहिलेसम्म भएका भेटवार्ताको समीक्षा गरेको थियो। यस क्रममा अध्यक्ष ओली, आफ्नो अडानबाट टसको मस नभएकाले अब मिल्ने सम्भावना नरहेको निष्कर्ष बैठकले निकालेको हो।

नेपाल पक्षका सांसदले राजीनामा दिनासाथ प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा बहुमत नपाउने निश्चित हुन्छ। किनकि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले उनलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्। बहुमत नपउनासाथ ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने हुन्छ। एजेसीहरुको सहायतामा ।

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्