केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेहुला कोरोनाबाट संक्रमित भएपछि पीपीई लगाएरै बिहे

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, भारतको मध्यप्रदेशमा एक जोडीले पीपीई लगाएर विवाह गरेका छन् ।

विवाहको सबै काम सकाएर बेहुली अन्माउने दिन बेहुलालाई कोरोना भाइरस पोजिटिभ देखिएपछि पीपीई सेट लगाएर विवाह सम्पन्न गरिएको हो । विवाह संस्कार सम्पन्न गर्दा बेहुलाबेहुली दुवैले पीपीई लगाएका थिए। विवाहमा सहभागी सबैले सुरक्षित पोशाक लगाएका थिए।

सुरुमा विवाह रोक्ने भनिएपनि परिवारले नमानेपछि विवाह गरिएको थियो उनीहरुलाई विवाह गराउने पुरोहितले पनि पीपीई सेट लगाएका थिए ।

केही दिन यता भारतको राजधानीमा संक्रमणको दर ३५ बाट झरे २३ प्रतिशतमा पुगेको र यसलाई अझै नियन्त्रण गर्नु पर्ने भएकाले लकडाउन खोल्ने बेला भइनसकेको मुख्यमन्त्री केजरीवालले बताए ।राजधानी दिल्लीमा कोरोनाले धेरै क्षेति पु¥याएको छ । गएको अप्रिल २० देखि दिल्लीमा लकडाउन सुरू भएको थियो ।

 

 

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्