केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माधव नेपाल समूहका सांसदहरुको सिंहदरबारमा भेला

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सिंहदरबारमा सांसदहरुको भेला बोलाएका छन् ।

उक्त छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् ।

 

 

प्रकाशित : 21 May, 2021

प्रतिक्रिया दिनुहोस्