केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दीपक मनाङेले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद मनाङेको राजीनामा पत्र बिहिबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ ।

त्यस्तै राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिएकै कारण आफुले राजीनामा दिएको उल्लेख गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेको पत्रसमेत सार्वजनिक भएको छ ।

 

प्रकाशित : 11 June, 2021

प्रतिक्रिया दिनुहोस्