केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युरोकपमा आज दुई खेल, को को भिड्दैँ छन् ?

सहयात्रा टिभी

काठमाडौं । असार ६, युरोकप २०२० मा आज देखि समूह चरणका अन्तिम खेलहरु सुरु हुनेछन् ।

म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय राति ९ः४५ बजे सुरु हुनेछ।

इटलीले यसअघि घरेलु मैदानमा दुई खेल जितिसकेको छ । उद्घाटन खेलमा टर्कीलाई ३-० ले पराजित गरेको इटलीले त्यसपछि दोस्रो खेलमा स्विट्जरल्याण्ड पनि सोही नतिजामा हराएको थियो ।

वेल्सले पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा टर्कीलाई ३-० ले हराएको थियो । सन् २०१६ मा डेब्यु गर्दै सेमिफाइनलसम्म पुगेको वेल्स यस पटक पनि त्यहो उपलब्धि दोहोर्‍याउने लक्ष्यमा रहेको छ।

अर्कोतर्फ बाकु ओलम्पिक स्टेडियममा भिड्दा स्विट्जरल्याण्ड र टर्की निश्चित जितका लागि खेल्नेछन् । स्विट्जरल्याण्डको २ खेलबाट जम्मा १ अंक छ भने टर्की अंकविहीन छ ।

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्