केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जर्मनीको सानदार जितः युरोकप

सहयात्रा टिभी

काठमाडौं । असार ६, युरोकपमा जर्मनीले पोर्चुगलमाथि सानदार जित निकालेको छ।

शनिबार राति म्युनिखमा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे। जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो। पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे।

त्यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले १-१ गोल गरे।

पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको थियो। समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ। यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा छ। १ अंक जोडेको हंगेरी पुछारमा छ।

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्