केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिद्धारा योग दिवसको अवसरमा शुभकामना

सहयात्रा टिभी

काठमाडौं । असार ७, आज जुन २१ अर्थात् योग दिवसको अवसरमा राष्ट्रपति विधादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै योगको भूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छ भन्ने विश्वास व्यक्त गरेकी हुन् ।

नेपाली योग परम्परालाई सबैमाझ परिचित गराई राष्ट्रिय गौरभलाई दर्हिलो बनाउन सबैलाई प्रेरणा मिलोस भन्ने उनले कामना पनि गरेकी छिन् ।

त्यस्तै संयुक्त राष्ट्र संघले सन् २०१४ डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित योगले विश्वव्यापी सम्मान प्राप्त गरेको छ । यस बर्ष योग दिवसको नारा ‘मानव सु–स्वास्थ्यका लागि योग’ रहेको छ।

 

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्