केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । असार १८, प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बुधबार पार्टीको १० औं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि पहिलो पटक बैठक बसेको हो । माधव नेपाल समूह अनुपस्थित रहेको बैठकमा उपाध्यक्ष बामदेव गौतम भने सहभागी रहेका छन् ।

सोही बैठकले पूर्वमाओवादीबाट प्रवेश गरेका ४ तथा एमालेका ४ नेतालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको थियो।

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्