केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले केन्द्रीय कमिटी बैठक आज पनि

सहयात्रा टिभी

काठमाडौँ । साउन ५, नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि हुँदैछ ।

सोमबार शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सोमबार सोधिएको स्पष्टीकरणबारे समेत आज निर्णय हुने तामाङले बताए । यस्तै, विघटित एमाले कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई बैठकले अनुमोदन गरेको थियो ।

यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको उनले जानकारी दिए । सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनको गद्दार भएको आरोप लगाएका थिए ।

अध्यक्ष ओलीले अब नेपालका लागि एमालेमा कुनै ठाउँ नभएको पनि उद्घोष गरे । देउवालाई समर्थन गर्ने नेपाल बाहेकका नेताहरूले गल्ती स्वीकार गरी पार्टीमा आए स्वागत गर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

प्रकाशित : 20 July, 2021

प्रतिक्रिया दिनुहोस्