केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । साउन ६, नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलाामा सात सयले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १३८० मा कारोबार भएकोमा आज घटेर तोलामा १२६० कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रकाशित : 21 July, 2021

प्रतिक्रिया दिनुहोस्