केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाघको छालासहित २ जनालाई पक्राउ

सहयात्रा टिभी

दाङ । साउन ७, दाङमा प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय राम बहादुर दमाई र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पुर्ण सिह सुनारलाई प्रक्राउ गरेको हो ।

उनीहरु शंकास्पद अवस्थामा हिडीरहेको फेला पारी नियमित चेकिङमा खटिएको प्रहरी टोलिले रोकी चेकजाँच गर्दा सिमेन्टको वोराभित्र टाटेपाटे बाघको छाला फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 22 July, 2021

प्रतिक्रिया दिनुहोस्