केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१२ को परीक्षा स्थगित भन्ने कुरा यस्तो रहेछ

सहयात्रा टिभी

काठमाडौं । साउन १८, कक्षा १२ को परीक्षा स्थगित गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् ।

स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए ।

राज्यमन्त्रीले पत्रकार सम्मेलनमा उक्त अभिव्यक्ति दिएपछि अहिले सामाजिक सञ्जालमा १२ कक्षाको परीक्षा स्थगित भएको भन्ने सूचना सम्प्रेसण गरिरहेका छन् । तर राष्ट्रिय परीक्षा बोर्डले भने अहिलेसम्म परीक्षा स्थगिगत भएको विषयमा कुनै जानकारी पनि आफूहरुले प्रवाह नगरेको बताएको छ ।

 

 

प्रकाशित : 2 August, 2021

प्रतिक्रिया दिनुहोस्