केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्धारा गायक दुर्गेश थापालाई बहिष्कार

सहयात्रा टिभी

काठमाडौं । साउन १८, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको बताईएको छ ।

त्यस्तै थापाले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए ।

गायक दुर्गेशको सो गीत सार्वजनिक गर्नुअघि नै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स’ हटाउन प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो। प्रतिष्ठानले साउन ७ गते नै दुर्गेशलाई ध्यानाकर्षण पत्र समेत बुझाए तापनि दुर्गेशले भने प्रतिष्ठानको अनुरोधलाई बेवास्ता गर्दै शब्द परिवर्तन नगरी ‘ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए।

प्रकाशित : 2 August, 2021

प्रतिक्रिया दिनुहोस्