केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो जीव जो हात्तीभन्दा ३३ गुणा ठूलो हुन्छ !

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, विश्वको सबैभन्दा ठुलो जनावरको बारेमा कुरा गर्नुपर्दा धेरैले हात्ती हो भन्ने गर्दछन् । तर त्यो होइन ।

विश्वको सबैभन्दा ठुलो जनावर अन्टार्कटिक ब्लू व्हेल हो । जसको वजन ३३ वटा हात्ती बराबरको हुन्छ । केवल यसको जिब्रोको वजन मात्र एउटा हात्ती बराबर हुन्छ भने यसको आवाज विश्वमा सबैभन्दा तेज मानिन्छ ।

अन्टार्कटिक ब्लू व्हेलको औसत वजन मात्र १ लाख ३५ हजार किलोग्रामदेखि डेढ लाख किलोग्रामसम्म हुन्छ । यसको लम्बाइ ९८ फिट अर्थात करीब १० तले घर बराबरको हुन्छ । यतिमात्र होइन यसको मुटु मात्र पनि एक सानो कार बराबरको हुन्छ । यसको मस्तिकको गहिराइ मात्र ५ दशमलव ८ मिटरको हुन्छ ।

त्यस्तै ब्लू व्हेलले दैनिक ३५ सय भन्दा बढि साना माछा खाने गर्दछ । ब्लू व्हेलको आवाज जेट इन्जीन भन्दा बढि हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित : 27 August, 2021

प्रतिक्रिया दिनुहोस्