केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो ठाउँ जहाँ भेटिन्छ ६०लाख मानिसको कंकाल

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, विश्वका करोडौँ मानिसहरु वर्षेनी फ्रान्सको राजधानी पेरिस घुम्न जान्छन् ।

पेरिसमा क्याटाकम्ब्स अफ पेरिस भन्ने एउटा यस्तो डरलाग्दो सुरुङ छ जहाँ ६० लाख जना मानिसका कंकाल राखिएको छ ।

१३औँ सताब्दीमा खनिएको उक्त सुरुङ पेरिस सहरको निर्माणका क्रममा ढुंगा, मार्बल आदि आवश्यक निर्माण सामाग्री भण्डारणका लागि उक्त सुरुङको निर्माण गरिएको थियो ।

१७ औँ शताब्दीमा फ्रान्समा अनिकाल, भोकमरी, प्लेग लगायतका महामारीले लाखौँ मानिसको मृत्यु भयो । लासहरु गाड्नका लागि ठाउँको अभाव भयो जसका कारण लास थुप्रिन थाले । सन् १७८० मा अन्ततः फ्रान्सको सरकारले लासको व्यवस्थापनका लागि उक्त सुरुङको प्रयोग गर्ने निर्णय गर्‍यो । सुरुङमा लास कोच्नका लागि २ वर्षको समय लागेको थियो ।

६० लाख भन्दा धेरै मानिसका लासहरु राखिएको थियो । लाखौँ मानिसको लास राखिएको उक्त ठाउँलाई केही समयपछि नै फ्रान्सले क्याटाकम्ब अफ पेरिसको नाम दियो र एक संग्राहलयमा परिणत गर्‍यो ।

यो गुफा २ किलोमिटर लामो छ । सुरुमा जमिनबाट सुरुङमा छिर्ने बेलामा १३० वटा सिँढी झर्नुपर्दछ भने करिब ४५ मिनेट हिँडिसकेपछि ८३ सिँढी चढेर पुनः बाहिर निस्किन सकिन्छ । एजेन्सीको सहयोगमा ।

प्रकाशित : 2 September, 2021

प्रतिक्रिया दिनुहोस्