केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना अपडेटः उपत्यकामा थपिए ४९५ संक्रमित

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, उपत्यकामा थप ४९५ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंका ३६० , ललितपुरका ७२ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १६ हजार ८४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट १२ हजार ५ सय २४ जना र एन्टिजेनबाट ४३२० जनाको परीक्षण भएको हो ।

त्यस्तै एक हजार २२० संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८९६ जनाको मृत्यु भएको छ।

 

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्