केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार

सहयात्रा टिभी

काठमाडौं । असोज ०१, पहिला भन्दा अहिले कोरोनाका बिरामी हरुलाई आईसीयू र भेन्टिलेटर मा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउछ। मन्त्रालयका अनुसार ५३५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ४०७ कोरोना संक्रमितको आईसीयूमा र १२८ को भेन्टिलेटरमा गरी कुल ५३५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ८४ जना आईसीयूमा र ३६ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २ जना आइसीयूमा, बागमती प्रदेशमा २०६ जना आईसीयूमा र ७५ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ६० जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ३९ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा, कर्णालीमा ७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयू र ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्