केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोङ्गबुस्थित नयाँ बसपार्कको लोत्से मल सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । असोज ०२, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ।

लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रबार कम्पनीका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे।

त्यस्तै गोङ्गबुको विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो।

८ तलाको ल्होत्से हलमा १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङ रहेको छ।

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुई वटा रेष्टुरेन्ट, दुई वटा पार्टी प्यालेस, दुई वटा सिनेमा हल, न्यू वाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेका छन्। त्यस्तै बैंक, वित्तीय संस्था, सहकारी, सैलुन लगायतका पसलहरु पनि सञ्चालनमा छन्। उक्त मलभित्र ६ वटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट समेत छन्।

 

 

प्रकाशित : 18 September, 2021

प्रतिक्रिया दिनुहोस्