केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन चिनियाँ नागरिकहरु ९० दिन अन्तरिक्षमा

सहयात्रा टिभी

काठमाडौं । असोज ०१, अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किएका छन् । चिनका तिन नागरिक अन्तरिक्षामा ९० दिन बसेर र्फकिएका छन । ९० दिनमा उनिहरुलाई कस्तो अनुभव भयो भन्ने कुरामा सबै जान्न चाहान छन् ।

चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर उनिहरु अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् । चीनले पृथ्वीबाट तीन सय ८० किलोमिटर माथि बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वीमा फर्किएका हुन् ।

चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो हिजो शन्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए । यी तीन चिनियाँ अन्तरिक्षयात्रीले शुक्रबार स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् ।

सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो । अन्तरिक्ष केन्द्रमा रहँदा ती तीन अन्तरिक्षयात्रीले पृथ्वीमा डाटा पठाउने प्रयोग गर्ने र घण्टौंसम्म अन्तरिक्षमा हिड्ने गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ । एजेन्सीको साथमा ।

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्