केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेको घोषणापत्रमा– विकास र समृद्धिका योजना

सहयात्रा टिभी

बैशाख १८, २०७४ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफनो घोषणा पत्र सार्वजनिक गरेको छ । मुलुकको राजनीति रहस्यपूर्ण रुपमा परिवर्तनहुँदा निर्वाचन नै अन्योलग्रस्त भएकाबेला एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो । पार्टी कार्यालय धुम्बाराहीमा विशेष समारोहकाबीच अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गर्नुभयो । एमालेले आफ्नो घोषणापत्रमा विकास र समृद्धिका योजनालाई बढी प्राथमिकतामा राखेको छ । घोषणापत्रमा स्थानीय तहलाइ शक्तिशाली, अधिकारसम्पन्न बनाउने, राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र राष्ट्रियताको सुदृढीकरण लगायतका विषय उल्लेख गरिएको छ । यस्तै, गाउँ र नगरमा सामाजिक–आर्थिक रुपान्तरण र विकासको महाअभियान सुरु गर्ने योजना छ । घोषणापत्रमा ०५१ सालको मनमोहन अधिकारी र २०७२ सालको केपी ओली सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई निरन्तरता दिइएको छ । ओली सरकारका पालामा संचालन गरिएका योजनालाइ पनि घोषणापत्रमा समेटिएको छ । ‘आफनो गाउँ आफै बनाऔं’, ‘९ स को अभियान’ र ‘सामाजिक सुरक्षा भत्ता’ लगायतका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषय पनि समेटिएको छ । यस्तै, ‘सुरु पाँचबर्षको अवधिमा नेपाली अर्थतन्त्रलाई प्रतिव्यक्ति आम्दानीका दृष्टिले दक्षिण एशियाको अग्रणी स्थानमा पु¥याउने, १० वर्षपछि नेपाली जनताको प्रतिव्यक्ति आम्दानी १० हजार अमेरीकी डलर भन्दा बढी पु¥याउने, १० वर्षमा नदी प्रवाह प्रणालीबाट १० हजार, जलाशययुक्त परियोजनाबाट २५ हजार, जैविक ऊर्जाबाट करिव १० हजार, हाइड्रोजन ऊर्जाबाट करिव १० हजार र सौर्य ऊर्जाबाट करिव २ हजार गरी जम्मा करिव ५७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणापत्रमा उल्लेख छ । आगामी ५ बर्ष भित्र सम्पन्न हुने गरी उच्चस्तरको प्रविधि प्रयोग गरेर सबै राजमार्गहरुको विस्तार तथा स्तरोन्नत गर्ने कामलाई उच्च महत्वकासाथ बढाउने एमालेको योजना छ । यस्तै, १ हजार कि.मी. तीव्र गतिको अत्यधुनिक रेल सञ्चालन गर्ने, १० वर्षमा दैनिक ५ लाख यात्रीहरु आवतजावत गर्ने गरी हवाइ यातायात सेवाको संरचना विकास गर्ने घोषणापत्रमा उल्लेख छ । एमालेले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा घोषणापत्र लेखन समिति गठन गरेको थियो ।

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्