केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय केन्द्रीय वित्त राज्यमन्त्री चौधरीले नेपालको मनकामना दर्शन गर्ने

सहयात्रा टिभी

काठमाडौं । असोज ३१, भारतका वित्त राज्यमन्त्री पंकज चौधरी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका छन् ।

उनी अहिले पूर्वी नवलपरासीमा छन् । यहाँको हर्कपुरमा रहेको विनोद चौधरीको होटल उन्नती कल्चरल भिलेजमा चिया पिउन उनी बसेका छन् । मन्त्री तीनवटा भारतीय गाडी र दुईवटा नेपाली गाडीमा आइपुगेका छन् । उनी भारतीय जनता पार्टीका नेता हुन् ।

गोर्खास्थित सुरक्षा स्रोतका अनुसार उनी आज मनकामनाको एक होटलमा रात बिताउने छन् । भोलि बिहान पुजाआजा गरेर फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित : 17 October, 2021

प्रतिक्रिया दिनुहोस्