केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामाजिक सञ्जालमा भाईरल बुडर झरना (फोटो फिचर)

सहयात्रा टिभी

कैलाली । असोज ३१, प्रसारको अभावका कारण खासै नाम नसुनेको यो झरनाको नाम अहिले सामाजिक सञ्जालका कारण सबैको मुखमुखमा झुण्डिँदै गएको छ ।

नाम मात्रै सुनेको र झरनाको तस्बिर मात्रै देखेका सर्वसाधरण पनि अहिले यो झरनासम्म पुग्ने गरेका छन् । कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुरबाट झण्डै तीन–चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली ण बढी पुग्ने गरेका छन् । झरनाले पर्यटन प्रवद्र्धनमा निकै भूमिका खेलेपनि व्यवस्थापनमा सुधार गरे यो ठाउँ पर्यटकीय हब बन्ने स्थानीय दिपक नेपालको भनाइ छ ।

डोटीको जोरायल गाउँपालिका छतिवनमा रहेको बुडल झरना । झरना हेर्नका लागि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । धनगढीलगायत डोटी, डडेल्धुरा, बैतडी, कञ्चनपुरलगायत बाँके र बर्दियाबाट समेत मानिसहरु यो झरना पुग्ने गरेका छन् ।

यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था भने गरेको छ । कच्ची सडकका कारण यो झरना पुग्न केही समस्याई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउन सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रका सडक सुधार र विस्तारका लागि गाउँपालिका लागिपरेको बताउनुभयो ।

यो झरनाले पर्यटन प्रवद्र्धनमा निकै भुमिका खेलेपनि भौतिक पूर्वाधारलगायतको विकासमा केही कमी हुँदा झरनाबाट लिनुपर्ने लाभ स्थानीय तहले लिन सकेको छैन । त्यसैले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न झरनालाई व्यवस्थित बनाउन सके आर्थिक विकासमा पनि निकै टेवा पुग्ने थियो ।

प्रकाशित : 17 October, 2021

प्रतिक्रिया दिनुहोस्