केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कात्तिक ४ देखि १३ गतेसम्म पशुपतिनाथमा महायज्ञ हुने

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ३, श्री सीताराम नाम संकर्तिन एवम् रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि यही कार्तिक ४ गतेदेखि कार्तिक १३ गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा ९ दिवसीय रामनाम संकीर्तन तथा रुद्र महायज्ञ हुने भएको छ ।

त्यस्तै मंगलबार रिपोर्टर्स क्लब नेपालमा मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त महायज्ञ गर्न लागिएको र त्यसको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकारी दिएको हो ।

समितिका अनुसार यही कात्तिक ३ कलश यात्राको आयोजना गरिएको छ । श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) को संकल्पमा उक्त महायज्ञ हुन लागेको हो । कार्यक्रममा बोल्दै श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) ले विश्वका सबैलाई शान्ति राख्नको लागि महोत्सवको आयोजना गरेको जानकारी दिए ।

 

प्रकाशित : 20 October, 2021

प्रतिक्रिया दिनुहोस्