केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल राष्ट्र बैंकले दश अर्ब रूपैयाँ बराबरको तरलता आज बैंक तथा वित्तीय संस्थाहरुमा पठाउदै

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ४ , नेपाल राष्ट्र बैंकले दश अर्ब रूपैयाँ बराबरको तरलता आज बैंक तथा वित्तीय संस्थाहरुमा पठाउदै छ। राष्ट्र बैंकले सात दिन अवधिको लागि रिपो मार्फत पठाउने बुधबार एक सूचना सार्वजनिक गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभावले निक्षेप तानातान गरिरहेको बेलामा केन्द्रीय बैंकले यो रकम पठाउन लागेको हो । बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात सिडी रेसियो अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेको छ। उक्त नीतिका कारण केही बैंकले यो अनुपात कायम गर्न सकिरहेका छैनन्।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनका लागि बुधबार मंगलबार सार्वजनिक गरेको ब्याजदरमा राष्ट्र बैंकले अंकुश लगाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावले थप लगानी गर्ने स्थितिमा नभएको बैंकहरुले बताउदै आइरहेका छन् ।

प्रकाशित : 21 October, 2021

प्रतिक्रिया दिनुहोस्