केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले स्थायी कमिटी बैठक आज, ओलीले पत्रकार सम्मेलन गर्ने

सहयात्रा टिभी

काठमाडौँ । ७ मंसिर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले सोमबार स्थायी कमिटी डाकेको थियो । तर नेताहरुको कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

एमालेको १०औँ महाधिवेशनकाो तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने नेता तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।

विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ ।

यसैबीच एमाले अध्यक्ष केपी ओलीले आजै पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रकाशित : 23 November, 2021

प्रतिक्रिया दिनुहोस्