केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी

सहयात्रा टिभी

काठमाडौं । १५ मंसिर, सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएका थिए ।

तर, पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो । अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ। वरिष्ठताका आधारमा न्याायधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि नयाँ अभ्यास थालिएको हो ।

योसँगै ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीश ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन्।

प्रधानन्याधीश जबरा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको कारण गोलाप्रथाबाट पेसी तोकिने पहिलो दिन आज उनी भने सर्वोच्चमा उपस्थित हुने छैनन् ।

यसैबीच, गोलाप्रथाबाट पेसी तोकिएपनि प्रधानन्यायाधीशले आफूलाई समेत इजलास गठन गरेको खण्डमा त्यसलाई भने बहिस्कार गर्न नेपाल बारले आग्रह गरेको छ ।

प्रकाशित : 1 December, 2021

प्रतिक्रिया दिनुहोस्