केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रघुगंगा नदी माथि पक्की पुल निर्माण गरिदै

सहयात्रा टिभी

म्याग्दी । मंसिर १७, म्याग्दी  बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर स्थित राघुगंगा नदी माथि पक्की पुल निर्माण गरिएको छ ।


कालिगण्डकी करिडोर सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सीमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण गरेको हो ।

४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिकोे पुल निर्माण भएपछि सवारीसाधन सञ्चालन गरिएको छ । पुल निर्माण भए पनि रङगरोगन र पहुँचमार्गको कामलाई पूर्णता दिन बाँकी रहेको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी जेभीले वि.सं २०७४ असारमा ६ करोड २४ लाख तीन हजार ८ सय २५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताको म्याद वि।सं २०७६ चैत २६ गते सकिएको थियो ।

सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री मजदुर र आपूर्तिकर्तालाई भुक्तानी नगरी वि।सं २०७६ फागुनदेखि सम्पर्कविहीन बनेपछि वि.सं २०७७ मंसिरदेखि जिम्मा लिएका मूल ठेकेदार कम्पनी नै कार्यक्षेत्रमा फर्किएर अधुरो रहेको पुल निर्माण योजनालाई पूर्णता दिएका हुन्

प्रकाशित : 3 December, 2021

प्रतिक्रिया दिनुहोस्