केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश २ कांग्रेस सभापतिमा संस्थापन पक्षका कृष्ण यादव निर्वाचित

सहयात्रा टिभी

जनकपुर । ९ पुस, नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् ।

कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए । रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएको छ ।

रामसरोज विमलेन्द्र निधि पक्षका हुन् । उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएको थियो ।

बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो । बिहीबार मतदान भएको थियो ।

प्रकाशित : 24 December, 2021

प्रतिक्रिया दिनुहोस्