केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी महाधिवेशनको उद्घाटन सत्र २ घण्टा सर्‍यो

सहयात्रा टिभी

काठमाडौँ । ११ पुस, नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ । १ बजे उद्घाटन हुने भनिएको सम्मेलन ३ बजेलाई सरेको हो ।

स्थायी कमिटीबाट सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ ।

महाधिवेशनमा रुपान्तरण गरेसँगै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ । सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रुपान्तरण गरेर दलहरुलाई निम्तो पठाएको हो ।

प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशनमा रुपान्तरणपछि आवश्यक तयारी गर्न उद्घाटन सत्र दुई घण्टा पछाडि सरेको जनाइएको छ ।

प्रकाशित : 26 December, 2021

प्रतिक्रिया दिनुहोस्