केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति

सहयात्रा टिभी

काठमाडौं । माघ २, सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लग्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको हो ।

२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ । श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : 16 January, 2022

प्रतिक्रिया दिनुहोस्