केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कृषि विकास बैंकले १० करोड नाफा बढायो

सहयात्रा टिभी

काठमाडौं । माघ ७, कृषि विकास बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा खुनाफा १० करोड रुपयाँले बढाएर एक अर्ब ४२ करोड २५ लाख रुपियाँ पुर्याउन सफल भएको छ ।

बैंकको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको बैंकले खुद मुनाफा बढाउन सफल भएको देखिएको हो । बैंकले गत वर्ष सोही अवधिमा एक अर्ब ३२ करोड १६ लाख रूपियाँ मात्रै खुद मुनाफा गरेको थियो ।

समीक्षा अवधिमा तीन अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रूपियाँ छ भने ईपीएस १९.११ रूपियाँ कायम भएको छ । गत बर्ष सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ८८ करोड मात्रै थियो । प्रतिशेयर नेटवर्थ २०५.४० रुपियाँ रहेको कृषि विकास बैंकको पीई रेसियो २२.३५ रहेको छ ।

बैंकको कस्ट अफ फन्ड र ब्याजदर स्प्रेड बढेको छ । बैंकको कस्ट अफ फन्ड, बेस रेट र खराब कर्जामा पनि सुधार भएको छ । समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ५.२६ बाट ५.५१, बेस रेट ७.६७ बाट ७.५३, खराब कर्जा ३.१४ बाट २.०८, ब्याजदर स्प्रेड ४.३७ बाट ४.३८ कायम भएको छ ।

 

प्रकाशित : 21 January, 2022

प्रतिक्रिया दिनुहोस्