केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जता फर्के पनि ढकमक्क लालीगुराँस

सहयात्रा टिभी

काठमाडौं। वैशाख २, यतिवेला पूर्वी पहाडी जिल्लाहरू संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने तिनजुरे–मिल्के–जलजले टिएमजे क्षेत्रका वन लालीगुराँसले ढकमक्क भएका छन् । लालीगुराँस फुलेर वनै राताम्मे भएको छ ।

राताम्मे भएको वन हेर्न आउने पर्यटकको घुइँचो लागेको छ । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष गुराँसको राजधानी टिएमजे पुग्न नपाएका पर्यटक यस वर्ष भने धोको फुकाएर पुगेका छन् । यस वर्ष तुलनात्मक रूपमा लालीगुराँस पनि धेरै फुलेको स्थानीयको भनाइ छ ।

संखुवासभाको चैनपुर नगरपालिका–१ अन्तर्गत पर्ने गुफापोखरी, सुकेटार, मेन्छायम डाँडा र मादी नगरपालिकाभित्र पर्ने चौकीमंगलबारे, मदामसिंह क्षेत्र र धर्मदेवी नगरपालिकाको टुटेदेउराली र पाथीभरा मन्दिर परिसरमा अचेल गुराँस हेर्न पर्यटकले भरिभराउ छ । भारत, अमेरिका र बेलायतबाट समेत यस क्षेत्रमा घुम्न आउने गरेको स्थानीयको भनाइ छ । उनीहरू विशेष कामले नेपाल आएको मौकामा टिएमजे घुम्न आउने गरेका छन् ।

प्रकाशित : 15 April, 2022

प्रतिक्रिया दिनुहोस्