केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निलम्बित गभर्नर अधिकारीको रिटमाथि आज सुनुवाइ हुँदै

सहयात्रा टिभी

काठमाडौं। वैशाख ६, निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारीले निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न र गराउन अन्तरिम आदेशको माग गर्दै आइतवार रिट दायर गरेका थिए ।

आज रिटमाथि अन्तरिम आदेश जारी भएमा अधिकारीले पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रूपमा काम गर्न पाउने छन् । तर अन्तरिम आदेश नदिइ र कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा भने निलम्बनमै रहनेछन् ।

बैंकिङ्ग प्रणालीको सूचना चुहाएको लगायतको आरोप लगाउँदै सरकारले गएको चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरेको थियो ।

 

प्रकाशित : 19 April, 2022

प्रतिक्रिया दिनुहोस्