केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रातो मच्छिन्द्रनाथको रथ निर्माण

सहयात्रा टिभी

काठमाडौं। वैशाख १६, पुल्चोक दमकलनजिकै रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य धमाधम भइरहेको छ।

वैैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरेपछि ३२ लक्षणले युक्त ३२ हात अग्लो रथ बनाउने काम सुरु भएको हो।

काठकै चुकुल राखी वेत र महावेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ।

गुठी संस्थान शाखा कार्यालय ललितपुरका अनुसार वैशाख शुक्ल प्रतिपदामा यो वर्ष वैशाख १८० मा मच्छिन्द्रनाथलाई रथारोहण गर्नुपर्ने भएकाले रथ बनाउने कामलाई तिव्रता दिएको बताएको छ।

‘रथ बनाउने काम धमाधम भइरहेको छ’ ललितपुर शाखाका प्रमुख हरि सुवेदीले भने, ‘रथको स्टक्चर निर्माण अन्तिम चरणमा छ।’ रथमा काठको काम सकिएर अहिले वेत र महावेतले बाँध्ने काम अन्तिम चरणमा पुगेको छ।

प्रकाशित : 29 April, 2022

प्रतिक्रिया दिनुहोस्