केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घोराहीमा एमालेका उम्मेदवार तीन हजार भन्दा बढी मतले अगाडि

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ३, दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उमेदवारलाई पछि पार्दै एमालेका उम्मेदवारले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन ।

४१ हजार ६ सय २० मत गन्दा मेयरमा एमालेका उम्मेदवार नरुलाल चौधरीले १७ हजार ४ सय ९५ मत ल्याउनु भएको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले १४ हजार २ सय २ मत प्राप्त गर्नुभएको छ । चौधरी र शर्माबीच ३ हजार २ सय ९३ मतान्तर रहेको छ ।

यस्तैगरी उपप्रमुखमा पनि एमालेको अग्रता रहेको छ । एमालेका हुमा डिसीले १७ हजार ७२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका भुव बहादुर डाँगीले १५ हजार ९ सय ८५ मत प्राप्त गर्नुभएको छ ।
डाँगी र डिसी बिच १ हजार ८७ मतान्तर रहेको छ ।

घोराहीमा अहिले सम्म १,२,१३,१६,१७,१८,१९ लगायत ८ वडाको मतगणना सम्पन्न भएको छ भने ११ वडाको मतगणना जारी रहेको छ ।

 

प्रकाशित : 17 May, 2022

प्रतिक्रिया दिनुहोस्