केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, गरिव देशका धनि मन्त्रीहरु (विवरण सहित)

सहयात्रा टिभी

काठमाडौं । देश झन झन गरिव र त्यहि देशमा वसोवास गर्ने प्रधानमन्त्री, मन्त्रीहरुको सम्पत्ति विवरण हेर्ने हो भने लाग्दैन कि उनिहरु गरिव देशका उच्च ओहोदाका व्यक्तिहरु हुन् । उनिहरुसंग अथाह सम्पत्ति छ, तर देश भने दिनानुदिन गरिविको चपेटामा पर्दै गईरहेको छ । हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलवार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका सुनका दुईटा सिक्री, पाँचतोलाको ब्रासलेट,चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औठी मात्रै रहेको बताईएको छ । प्रधानमन्त्री देउवाको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद छ। उनको नाममा सेयर र सवारीसाधन देखाइएको छैन। देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण भने लुकाएका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

देउवाले बुढानिलकण्ठको घर जग्गा उल्लेख गरेका छैनन् । उपप्रधानमन्त्री विजय कुमार गच्छदारको सुनसरी दुहवी नपामा २–७ बर्ग्मिटरमा रहेको २कोठे टिनको छाना भएको पक्की घर, श्रीमति निर्मलाको नाममा विराटनगर महानगरपालिका –१५ मा दुईतले पक्की घर छ । ७५ तोला सुनका धनी गच्छदार र उनको श्रीमतिको नाममा दुहबी, विराटनगर, ललितपुरको बुङमतीलगायत विभिन्न स्थानमा जग्गा–जमीन रहेको उल्लेख छ । सबैभन्दा धनी मन्त्रीका रुपमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ रहेका छन् । उनको सम्पत्ति हेर्दा उनी अर्बपति मन्त्रीका रुपमा देखिन्छन् । उनको स्याङजा, पोखरा, रुपन्देही, काठमाडौको कुलेश्वर र ललितपुरमा गरी सातवटा पक्की घर रहेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा उल्लेख छ ।

प्रकाशित : 21 September, 2017

प्रतिक्रिया दिनुहोस्