केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रौतहटको मोलापुरमा मेयर तथा उपमेयर दुवै माओवादी केन्द्रको पोल्टामा : श्रीमान् मन्‍त्री, श्रीमती मेयर

सहयात्रा टिभी

रौतहट । रौतहटको मोलापुर नगरपालिकामा माओवादी केन्द्रवाट मेयर पदका लागि उम्मेदवार रिना कुमारी साह बिजयी भएकी छन् । मेयर पदकी उम्मेदवार साहले ३ हजार ९ सय १३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनी सहरी विकास मन्त्री प्रभु साहकी श्रीमती हुन् । शाहको निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी राजपा नेपालका मेयर पदका उम्मेदवार रबिन्द्र कुमार पटेलले २ हजार १ सय २६ मत मात्रै प्राप्त गरे । साहले करिव दोब्बर मतान्तरले विजयी भएकी हुन् ।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रमशे गौरी शंकर जयसवालले ३ हजार ८ सय ८९ मत ल्याएर बिजयी भएका छन् ।

प्रकाशित : 21 September, 2017

प्रतिक्रिया दिनुहोस्