केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओलीसंग निर्वाचन र संविधानका विषयमा चीनको चासो

सहयात्रा टिभी

बैशाख २१, २०७४ । नेकपा (एमाले) का अध्यक्ष केपी ओली र चिनियाँ राजदूत यु हङबीच भेटवार्ता भएको छ । भेटका लागि राजदूत हङ एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुग्नु भएको थियो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी गरिएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । राजदूत हङले स्थानीय तहको निर्वाचन र संविधान संशोधनका विषयमा अध्यक्ष ओलीसंग जिज्ञासा राखेको नेम्वाङले बताउनुभयो । जवाफमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न सबैदल एक भएर अघि बढ्ने बताएको नेम्वाङले बताउनुभयो ।।।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्