केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेदवारको अन्तिम नामावली आज

सहयात्रा टिभी

२२ बैशाख, निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गर्दैछ ।  आयोगले बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । ३ प्रदेशका २ सय ८३ स्थानीय तहमा मनोनयन दर्ता गरेका मध्ये ५ जना नगर प्रमुख, १२ जना उपप्रमुख सहित ३७ उम्मेदवारले हिजो आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अन्तिम नामावलीमा सूचीकृत उम्मेदवारलाई बिहान ११ देखि साँझ ५ बजे सम्म निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारले निर्वाचन हुने मिति बैसाख ३१ गते भन्दा ४८ घण्टा अघि अर्थात् बैसाख २८ गतेसम्म  प्रचार प्रसार गर्न पाउनेछन् ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्