केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालको विकास र स्थिरतामा हंगेरी सकारात्मक

सहयात्रा टिभी

बैशाख २२, २०७४ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि हंगेरियन राजदूत ग्युला पेथोले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय, विकास र समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीले नेपालले राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्गमा प्रवेश गरिरहेको बताउनु भएको थियो । नेपालले पनि विकास र समृद्धिको मार्ग पछ्याइरहेको बताउँदै प्रधानमन्त्री दाहालले नेपालमा हालै लगानी सम्मेलन गरेको र त्यसको प्रभाव राम्रो परेकाले लगानीका निम्ति वातावरण एकदम अनुकुल भैरहेको दावी गर्नुभयो । प्रधानमन्त्रीले स्थानीय तह निर्वाचनमा सम्पूर्ण पार्टीहरु होमिएको कुरा पनि जानकारी गराउनु भएको थियो । राजदूत पेथोले पछिल्लो समयमा नेपालले हासिल गरेको आर्थिक प्रगतिप्रति खुसी व्यक्त गर्दै नेपालको विकास र राजनीतिक स्थिरताका लागि हंगेरियाको सधैं सहयोग र सद्भाव रहने बताएका थिए ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्